PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध



पहिलोपोस्ट

कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध भएका छन्। निर्धारित कोटामा एकएक जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ।

जिल्लाबाट प्रदेश सदस्य खुलामा सप्तरीका आशाराम चौधरी, महिला सदस्यमा सप्तरीकी बिमलादेवी साह, महोत्तरीकी उषा देवकोटा र पर्साकी किरणकुमारी शर्मा निर्विरोध भएका हुन्। आदिवासी जनजातिबाट मनमाया तामाङ पनि निर्विरोध भइन्। प्रदेश सभापति, उपसभापति, महामन्त्री र सह महामन्त्रीलगायत बाँकी पदका लागि आज मतदान हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell