PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

'काफल कम्ला' को फिमेल भर्सनमा अस्मिताको स्वर, स्वस्तिमाको अभिनय



पहिलोपोस्ट

'काफल कम्ला' को फिमेल भर्सनमा अस्मिताको स्वर, स्वस्तिमाको अभिनय

काठमाडौं: गायक जनक ताम्राकारको गीत 'काफल कम्ला' को 'फिमेल भर्सन' सार्वजनिक भएको छ। चर्चित गीत 'काफल कम्ला' रिलिज भएको चार वर्षपछि फिमेल भर्सन सहित म्युजिक भिडियो सार्वजनिक भएको हो।

महेश ताम्राकारको शब्द र संगीत रहेको फिमेल भर्सनको गीतमा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। साथै, स्वरमा जनक ताम्राकारले पनि उनलाई साथ दिएका छन्। गीतमा उदयराज पौडेलले म्युजिक एरेन्ज गरेका हुन्।

गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काको अभिनय देख्न सकिन्छ। साथै, निश्चल बस्नेतलाई पनि गीतको भिडियोमा विशेष भूमिकामा देखाइएको छ।

असिम शाहको निर्देशन रहेको भिडियोमा सौरभ लामिछानेको छायाङ्कन/सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell