.jpg)
हेटौंडा : वाग्मती प्रदेशको आजको बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ। प्रदेश सभाको आज बसेको बैठकमा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले संघीयताको धज्जी उडाएको भन्दै जबसम्म मुख्यमन्त्रीको जवाफ आउँदैन तबसम्म प्रदेशसभाको बैठक नचल्ने भन्दै आक्रोश व्यक्त गरेका थिए।
पूर्व मुख्यमन्त्री पौडेलले आफ्नो सरकारले तयार पारेका योजनाहरु रद्द गर्ने र मन्त्रालय थपेर वाग्मती प्रदेशकै बदनाम गरेको आरोप लगाएका थिए। उनले वाग्मती प्रदेशमा मन्त्रालय थप्नुको कुनै औचित्य नभएको भन्दै आफ्नो सरकारले गरेको योजनाहरु जस्ताकोतस्तै तयार नपारेमा संसद चल्न नदिने चेतावनी दिए।
मन्त्रालयको भागबण्डा र राज्यको स्रोतको चरम दुरुपयोगका विरुद्ध प्रदेशको सबैभन्दा ठूलो र जिम्मेवार दलको हैसियतले खवरदारी हुने प्रमुख सचेतक निरौलाले बताए।
अवरोध बिच सभामुख सानुकुमार श्रेष्ठले पटकपटक एमाले सांसदलाई बस्न आग्रह गरे पनि नमानेपछि भोलि ११ बजेसम्मको लागि प्रदेशसभाको बैठक स्थगित गरेको छ।