PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कांग्रेस अधिवेशनस्थल बन्यो रणभूमि : जनकपुरमा शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्षधर नेता कार्यकर्ताबिच कुटाकुट



सुमित मिश्र

कांग्रेस अधिवेशनस्थल बन्यो रणभूमि : जनकपुरमा शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्षधर नेता कार्यकर्ताबिच कुटाकुट

जनकपुरधाम : राति निर्वाचन गर्न नहुने भन्दै कांग्रेस नेता विमलेन्द्र निधि पक्षधर नेता तथा कार्यकर्ताले नारावाजी गर्न थालेपछि प्रदेश दुईमा आज सुरु भएको अधिवेशन स्थल तनावग्रस्त बन्न पुगेको छ।

प्रदेश २ को अधिवेशनमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधि तथा शेखर कोइरालाको अर्को प्यानल प्रतिस्पर्धामा छन्। बिहानदेखि सुरु हुनुपर्ने मतदान ढिलो भएपछि निधि समूहका नेता कार्यकर्ता विरोधमा उत्रिएका थिए। 

निधि समूहले राति चुनाव गर्न पाइँदैन भनेर नाराबाजी थालेपछि जसरी पनि चुनाव हुनै पर्छ भन्दै देउवा पक्षधर नेता कार्यकर्ता पनि नाराबाजीमै उत्रिका थिए। दुवै पक्ष एकअर्काविरुद्ध चर्का र अस्लिल नाराबाजीमा उत्रिएनन् मात्र, कुटाकुटमै सक्रिय भए। उनीहरुले एकअर्कामाथि कुर्सीले नै प्रहार गरिरहेका थिए। 

महाधिवेशनको सुरक्षमा खटिएका सुरक्षाकर्मीले उनीहरुको झडप नियन्त्रणमा लिनसक्ने स्थिति थिएन। चर्को नाराबाजीसहित झडप भइरह्यो। अहिले पनि महाधिवेशनस्थल रणमैदानमा परिणत भएको छ। केही नेता तथा कार्यकर्ता घाइते भएका छन्। तर, घाइतेको संख्या र अवस्थाबारे सार्वजनिक भइसकेको छैन। नाराबाजी पनि जारी छ। महाधिवेशन स्थलमा प्रहरीले अहिले मानिसलाई हटाउन प्रयास थालिरहेको छ। 

प्रदेशको नेतृत्व लिन प्रतिस्पर्धामा उत्रेका कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन्। संस्थापन पक्षबाट उम्मेदवार बनेका कृष्णा यादवविरुद्ध विमलेन्द्र निधि र शेखर कोइरालाले संयुक्त उम्मेदवार खडा गरेका छन्। निधि र शेखरको समूहबाट प्रदेश सभापतिमा प्रदेश २ का भौतिक पुर्वाधार मन्त्री रामसरोज यादव प्रतिस्पर्धामा छन्।

सम्बन्धित समाचार

कुटाकुट उन्मुख कांग्रेस अधिवेशनका दृश्यहरु : देउवा र निधिबिच केन्द्रमा अंकमाल, प्रदेशमा मु्क्कमु्क्की



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell