PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

९८ वर्षीय वृद्धमा भेटिएको ओमोक्रन, नेपालमा थपियो नयाँ केस



रासस

९८ वर्षीय वृद्धमा भेटिएको ओमोक्रन, नेपालमा थपियो नयाँ केस

काठमाडौँ : नेपालमा थप एक जनामा कोरोना भाइरसको ‘ओमोक्रन’ भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। नियमित जिन सिक्वेन्सिङका क्रममा आज एक जनामा ओमोक्रन र २२ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

ओमोक्रन पुष्टि भएका ९८ वर्षीय वृद्ध आफ्नै घरमा आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिइन्। यसअघि नेपालमा एक जनामा यो भेरियन्ट पुष्टि भएको थियो। गत २४ घण्टामा कूल सात हजार २ सय ३३ नमूनाको पीसीआर परीक्षण गर्दा २ सय १७ जना सङ्क्रमित भएका पाइएको छ। चार हजार ४३ जनाको एन्टिजीन परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्ला २४ घण्टामा २ सय ७२ जना सङ्क्रमणमुक्त भएका छन्। कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ। चार हजार ९ सय ४८ होम आइसोलेसन र संस्थागत २ सय ३७ गरी पाँच हजार १ सय ८५ जना आइसोलेसनमा रहेका बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell