
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सदस्य चयनतर्फ समावेशी समूहको मतगणना जारी छ। समावेशी समूह अन्तर्गत अहिले आदिवासी जनजाति खुला सदस्यका लागि मतगणना भइरहेको छ। उक्त समूहमा ८ पदका लागि ५० जना प्रतिस्पर्धामा छन्।
निर्वाचन समितिका अनुसार हालसम्म १७०० मतगणना सकिएको छ। जसमा ११ उम्मेद्वारले ५०० भन्दा बढी मत कटाएका छन्।
कसको कति मत?
चिनकाजी श्रेष्ठ ८४१
उमेश श्रेष्ठ ७८३
बहादुरसिंह लामा ७६८
टेकबहादुर गुरुङ ७२५
दिलमान पाख्रिन ५२५
आङ्गेलु शेर्पा ६७४
ओमबहादुर घर्ती ५४६
तारामान गुरुङ ६७१
टेकप्रसाद गुरुङ ५८६
जीतनारायण श्रेष्ठ ५६८
महादेव गुरुङ ५२३