PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

८४ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, ३७ को अझै बाँकी : निर्वाचितमध्ये को कुन प्यानलका?



नेत्र तामाङ

८४ केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, ३७ को अझै बाँकी : निर्वाचितमध्ये को कुन प्यानलका?

काठमाडौं : नेपाली कांग्रेसको विभिन्न क्लस्टर गरी ८४ केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ। बुधवार साँझ १० बजेसम्ममा खुला पुरुष, खुला महिला, अपांगता भएको, मधेसी खुला, मधेसी महिला, मुस्लिम महिला, मुस्लिम खुला, थारु खुला, थारु महिला अल्पसंख्यक खुला, पिछडिएको क्षेत्र प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिमको भूगोलतर्फ गरी ८४ जना केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको हो।

निर्वाचित केन्द्रीय सदस्यमा शेरबहादुर देउवा प्यानल हावी भएको छ। पदाधिकारीतर्फ पनि देउवा प्यानल नै अघि छ।

पदाधिकारीमा एक उपसभापति र ६ जना सहमहामन्त्री देउवा पक्षले जितेको छ। एक उपसभापति र एक महामन्त्री तथा दुई सहमहामन्त्रीमा शेखर कोइराला प्यानलले जित हासिल गरेको छ। एक महामन्त्री प्रकाशमान सिंह समूहले जितेको छ।

तर, केन्द्रीय सदस्यमा भने सिंहको प्यानल निल भएको छ। सिंहसहित तीनै सभापतिका प्रत्यासीबाट सूचीमा नाम सामेल भएका शशांक कोइरालाबाहेक सिंह प्यानलबाट कोही पनि निर्वाचित भएनन्।

मत परिणाम अनुसार देउवा पक्षका ६९ उम्मेद्वार केन्द्रीय सदस्यमा विजयी भएका छन्। १४ जना शेखर प्यानलबाट निर्वाचित भए। देउवा, शेखर र प्रकाशमान प्यानलमा परेका शशांक कोइरालाले केन्द्रीय सदस्यमा जित हासिल गरे।

खुला केन्द्रीय सदस्यको नतिजासँगै देउवा सुविधाजनक बहुमत पुग्ने देखिन्छ। अब दलित महिला र पुरुष गरी ९ सिट, आदिवासी जनजाति महिला र पुरुष गरी १५ सिट र अस आर्यमा महिला र पुरुष गरी १३ सिट गरी ३७ केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ।

पदाधिकारीमा को कुन् प्यानलबाट?

सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का (देउवा)
उपसभापति : धनराज गुरुङ (शेखर)
महामन्त्री : गगन थापा (शेखर)
महामन्त्री : विश्वप्रकाश शर्मा (प्रकाशमान)
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय 'डिना' (देउवा)
                    जीवन परियार (शेखर)
                    भिष्मराज आङदेम्बे (देउवा)
                    किशोरसिंह राठौर (देउवा)
                    महेन्द्र यादव (देउवा)
                    फरमुल्लाह मन्सुर (देउवा)
                    उमाकान्त चौधरी (देउवा)
                    बद्री पाण्डे (शेखर)

देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित

१ एनपी साउद
२ बालकृष्ण खाण
३ उदय शम्शेर राणा
४ रामहरि खतिवडा
५ ज्ञानेन्द्रबहादुर कार्की
६ रमेश लेखक
७ शंकर भण्डारी
८ जीपछिरिङ लामा
९ जीतजंग बस्नेत
१० गोपालमान श्रेष्ठ
११ मोहनबहादुर बस्नेत
१२ सुनीलबहादुर थापा
१३ नैनसिंह महर
१४ गोविन्द भट्टराई
१५ कुन्दनराज काफ्ले
१६ सुरेन्द्रराज पाण्डे
१७ पद्यनारायण चौधरी
१८ राजीव ढुंगाना 
१९ गुरु बराल
२० मदनबहादुर अमात्य
२१ गणेश लामा
२२ उमेशजंग रायमाझी
२३ मोहन आचार्य
२४ डा गोपाल दहित
२५ कृष्णकिशोर घिमिरे
२६ डा डिला संग्रौला 
२७ पुष्पा भुसाल 
२८ डा आरजु राणा देउवा 
२९ अम्बिका बस्नेत 
३० ईश्वरी न्यौपाने 
३१ रमा कोइराला पौडेल 
३२ शुशिला ढकाल आचार्य 
३३ रंगमति शाही 
३४ चित्रलेखा यादव (प्रदेश २ महिला)
३५ आनन्दप्रसाद ढुंगाना (प्रदेश २ खुला - निर्विरोध)
३६ रमेश रिजाल (प्रदेश २ खुला - निर्विरोध)
३७ मदनकृष्ण श्रेष्ठ (अपांगता खुला)
३८ अर्जुनजंगबहादुर शाही (पिछडिएको क्षेत्र खुला)
३९ प्रदीप कुमार सुनुवार (अल्पसंख्यक खुला)
४० ध्यानगोविन्द रञ्जित (वाग्मती खुला) 
४१ उर्मिला नेपाल केसी (वाग्मती महिला)
४२ नागिना यादव (मधेसी महिला) 
४३ मन्जुकुमारी यादव (मधेसी महिला) 
४४ मिनाक्षी झा (मधेसी महिला)
४५ मुक्ताकुमारी यादव (मधेसी महिला)
४६ अजयकुमार चौरासिया (मधेसी खुला)
४७ दिनेशकुमार यादव (मधेसी खुला)
४८ महेन्द्र कुमार राय (मधेसी खुला)
४९ विनोदकुमार चौधरी (मधेसी खुला)
५० जावेदा खातुन जागा (महिला मुस्लिम)
५१ अब्दुल रज्जाक (मुस्लिम खुला)
५२ अब्दुल सतार (मुस्लिम खुला)
५३ महेन्द्रकुमारी लिम्बु (प्रदेश १ महिला)
५४ अमृत अर्याल (प्रदेश १ खुला)
५५ जानकी सिंह (कर्णाली महिला)
५६ कर्णबहादुर बुढा (कर्णाली खुला)
५७ राजीवविक्रम शाह (कर्णाली खुला)
५८ सुशीला मिश्र भट्ट (सुदूरपश्चिम महिला)
५९ यज्ञराज जोशी (सुदूरपश्चिम खुला)
६० डा रणबहादुर रावल (सुदूरपश्चिम खुला)
६१ कल्पना चौधरी (थारु महिला)
६२ जीवन राना (थारु खुला)
६३ योगेन्द्र चौधरी (थारु खुला)
६४ रामजनम चौधरी (थारु खुला)
६५ ध्रुव वाग्ले (गण्डकी खुला)
६६ सरस्वती अर्याल तिवारी (गण्डकी)
६७ शिला शर्मा खड्का (लुम्बिनी महिला)
६८ देबेन्द्रराज कँडेल (लुम्बिनी खुला)
६९ चन्द्रबहादुर केसी (लुम्बिनी खुला)

शेखर प्यानल

१ अर्जुननरसिंह केसी
२ दिलेन्द्र प्रसाद बडु
३ रामशरण महत
४ बलबहादुर केसी
५ दिपक गिरी
६ सञ्जयकुमार गौतम
७ गोविन्दराज पोखरेल
८ अजयबाबु शिवाकोटी
९ दिनेश कोइराला
१० सरिता प्रसाई 
११ राजन केसी (वाग्मती खुला)
१२ डा चन्द्र मोहन यादव (मधेसी खुला)
१३ राजिव कोइराला (प्रदेश १ खुला)
१४ कृष्णचन्द्र नेपाली पोखरेल (गण्डकी खुला)

देउवा/शेखर/प्रकाशमान

शशांक कोइराला



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell