PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उपाधि रक्षाको होडमा रहेको महिला टोलीले श्रीलंकाको सामना गर्दै, मेडल टचको लक्ष्य लिएको पुरुष टोलीको प्रतिस्पर्धी बंगलादेश



पहिलोपोस्ट

उपाधि रक्षाको होडमा रहेको महिला टोलीले श्रीलंकाको सामना गर्दै, मेडल टचको लक्ष्य लिएको पुरुष टोलीको प्रतिस्पर्धी बंगलादेश
फाइल फोटो

काठमाडौं: एसियन सेन्ट्रल जोन वुमन्स भलिबलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ। बंगलादेशमा आजबाट सुरु हुने प्रतियोगितमा नेपालले मध्यान्ह सवा ११ बजे प्रतिस्पर्धा गर्ने छ।

आजै हुने अन्य खेलहरुमा उज्बेकिस्तान र माल्दिभ्स तथा बंगलादेश र कीर्गिस्तान आमनेसामने हुनेछन्।

त्यस्तै पुरुष टोलीले आज बंगलादेशको सामना गर्दैछ।

नेपाली टोलीले साँझ पौने ५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

महिला टिमको लक्ष उपाधि रक्षा, पुरुषतर्फ मेडल टच

नेपाली महिला टोलीकी कप्तान अरुणा शाहीले उपाधि रक्षाको लक्ष्य भएको बताएकी छिन्।

'३५/४० दिन ट्रेनिङ भयो। त्यसलाई सदुपयोग गरेर राम्रो टिम बनाउने कोशिष गरेका छौं। अघिल्लो वर्ष हामी च्याम्पियन बनेका थियौं। यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्य छ,' कप्तान शाहीले भनिन्, 'अघिल्लो वर्ष केही सजिलो थियो। यसपटक दुईवटा टिम थपिएको छ। एउटा श्रीलंकाले अघिल्लो वर्ष खेलेको थिएन अर्को उज्बेकिस्तान छ।'

उज्बेकिस्तानसँग हालसम्म नखेलेकाले उनीहरुको खेलबारे धेरै जानकारी नभएको शाहीले बताइन्। प्रतियोगितामा दवाब लिने भन्दा पनि पहिलाको भन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्य आफुहरुको रहेको शाहीले बताइन्।

'प्रेसर लिने भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न लक्ष्य राखेको छु। पहिलाको भन्दा राम्रो प्रदर्शन गर्ने भन्ने छ,' शाहीले भनिन्, 'साख जोगाउने लक्ष्य छ। दवाब भन्दा पनि अवसरको रुपमा लिएको छु।'

अर्कोतर्फ पुरुष टोली मेडल टच गर्ने लक्ष्य राखेको छ। 'बंगलादेश र माल्दिभ्सलाई बिट गरे एउटा मेडल चाहीँ टच गर्छौं। राम्रो फाइट गर्छौं भन्ने आशा छ। हाम्रो सम्भावना मेडल टच हो।' कप्तान इमबहादुर मगरले भने।

सेन्ट्रल जोनमा महिलातर्फ ६ टोली (नेपाल, बंगलादेश, कीर्गस्तान, माल्दिभ्स, श्रीलंका र उज्बेकिस्तान) प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ ४ टोली (नेपाल, बंगलादेश, श्रीलंका र उज्बेकिस्तान) प्रतिस्पर्धामा रहने छन्।

नेपाली पुरुष टोली

इमबहादुर मगर, हरिबहादुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, टेकराज अवस्थी, राजेन्द्र बिस्ट, विशालबहादुर बिक, शरणसमरी क्षेत्री, बिनोदबहादुर चन्द।

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell