PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

प्रदेश २ कांग्रेस अधिवेशनः विभिन्न ६७ पदका लागि मतदान प्रक्रिया सुरु,सभापतिका दुवै उम्मेदवारले गरे मतदान



पहिलोपोस्ट

प्रदेश २ कांग्रेस अधिवेशनः विभिन्न ६७ पदका लागि मतदान प्रक्रिया सुरु,सभापतिका दुवै उम्मेदवारले गरे मतदान

जनकपुरधामः नेपाली कांग्रेस प्रदेश २ को जनकपुरधाममा जारी प्रथम प्रदेश अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सुरु भएको छ। नयाँ नेतृत्व चयन गर्नका लागि विभिन्न ७२ पदमा १७४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ५ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।

बिहान ८ बजेदेखि हुने भनिएको मतदान साढे १ घण्टा ढिलो ९ बजेर ४० मिनेटमा सुरु भएको हो। मतदानमा सर्वप्रथम सभापतिमा क्रम सङ्ख्या १ रहेका संस्थापन पक्षका उम्मेदवार कृष्ण प्रसाद यादवले मतदान गरेका छन् भने उनकै प्यानलका उपसभापतिका उम्मेदवार प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले दोस्रो मतदान गरेका छन्।

त्यसपछि सभापतिका अर्का उम्मेदवार निधि–कोइराला समूहका रामसरोज यादवले मतदान गरेका छन्। मतदान गरेका दुवै जनाले मतदान पछि स्वस्थ्य प्रतिस्पर्धाबाट नेतृत्व चयन गरी कांग्रेसलाई एक ढिक्का बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मतदानका लागि ४ वटा बुथ बनाइएको छ। एउटा बुथमा २/२ जिल्लाको मत खसाउने व्यवस्था मिलाइएको छ। सप्तरी सिरहा, धनुषा महोत्तरी, सर्लाही रौतहट र बारा पर्साको सँगसँगै बुथ बनाइएको छ।

प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव र निधि–कोइराला समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव चुनावी मैदानमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell