PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली' बोलको गीत सार्वजनिक



पहिलोपोस्ट

फिल्म ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली' बोलको गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘कठपुतली’ को ओरिजिनल साउण्ड ट्रयाक (ओएसटी) गीत सार्वजनिक भएको छ। ‘यो ज्यान कठपुतली’ बोलको गीत सार्वजनिक भएको हो।

दयाराम पाण्डेको शब्द रहेको गीतमा गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा सुरेश अधिकारीले संगीत भरेका छन्। यस गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको छ। गीतमा भिडियोमा फिल्मका दृश्यहरु पनि समावेश छन्।

फिल्मको कथा सम्पदा मल्लले लेखेकी हुन्। परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा यस फिल्ममा छ।

पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ।

भिमसेन लामाको निर्देशन रहेको फिल्ममा पृथ्वी राना मगर निर्माताका रुपमा छन्। फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन्। उनी फिल्म खिच्न अष्ट्रेलियाबाट नेपाल आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell