PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

पर्सामा मतदाता नामावली दर्ता गराउन सेवाग्राहीको भिड



पहिलोपोस्ट

पर्सामा मतदाता नामावली दर्ता गराउन सेवाग्राहीको भिड

वीरगंज : पर्सा जिल्लामा दोस्रो चरणको मतदाता नामावली संकलन कार्य जारी छ। पुस ४ गतेदेखि सुरु भएको दोस्रो चरणको मतदाता नामावली संकलन पुस १८ गतेसम्म संचालन हुनेछ। मतदाता नामावली संकलन गराउन बिहानैदेखि नामावली संकलन केन्द्रमा सेवाग्राहीको भिड लागेको छ।

छ वटा पालिकामा हाल मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय, पर्साकी प्रमुख निर्वाचन अधिकृत रञ्जीता झाले बताइन्। ठोरी, पटेर्वा सुगौली, छिपहरमाई, विन्ध्यवासिनी गाउँपालिकामा पनि दोस्रो चरणको मतदाता नामावली संकलन भइरहेको उनले बताइन्।

पहिलो चरणको मतदाता नामावली मंसिर १७ देखि पुस २ गतेसम्म पर्सा जिल्लामा भएको थियो।

अहिले दैनिक १५० जना नयाँ मतदाता थपिँदै गरेको झाले बताइन्। एकजना कम्प्युटर अपरेटर र तीनजना सहायक मतदाता नामावली संकलन कार्यमा प्रत्येक पालिकामा खटेका छन्। पर्सा जिल्लामा मतदाता नामावली संकलन हुनुअघि तीन लाख नौ हजार ४७२ जना मतदाता थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell