PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

कांग्रेसमा दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक



पहिलोपोस्ट

कांग्रेसमा दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ।

पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका हुन्।

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell