PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

अमेरिकामा कोरोना विरुद्धको चक्की प्रयोगका लागि स्वीकृत : लक्षण देखिएको पाँच दिनभित्र प्रयोग गरे प्रभावकारी



पहिलोपोस्ट

अमेरिकामा कोरोना विरुद्धको चक्की प्रयोगका लागि स्वीकृत : लक्षण देखिएको पाँच दिनभित्र प्रयोग गरे प्रभावकारी
Photo : NEWYORK TIMES

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले कोभिड १९ विरुद्धको फाइजर एन्टीभाइरल पिल 'प्याक्सलोभिड' प्रयोगका लागि स्वीकृत गरेको छ।

कोरोना भाइरस संक्रमणको प्रभाव रोक्न विश्वभर भ्याक्सिन अभियान संचालन भइरहँदा कोभिड १९ विरुद्ध स्वीकृति पाउने यो पहिलो एन्टीभाइरल चक्की हो।

चक्कीको प्रयोग १२ वर्षभन्दा माथिले मात्रै प्रयोग गर्ने गरी एफडीएले मन्जुरी दिएको हो। 'हाइ रिक्स'मा रहेका १२ वर्षभन्दा माथि उमेर समूहका, शरीरको तौल कम्तीमा ८८ पाउन्ड भएका र कोभिड १९ परीक्षण गरी उपचार गराउनुपर्ने व्यक्तिले यो चक्की प्रयोग गर्न सक्छन्। यस्तो एन्टीभाइरल पिल प्रयोगका लागि चिकित्सकको स्वीकृति अनिवार्य गरिएको छ।

यो चक्की कोभिड १९ देखिएको र लक्षण देखिएको पाँच दिनभित्र खानुपर्ने एफडीएले जनाएको छ।

'निरमट्रिलभिर' र 'रिटोनाभिर' एन्टीभाइरलको समीश्रण गरी कोभिड १९ विरुद्धको 'प्यास्कलोभिड' पिल निर्माण गरिएको हो। घरमा नै लिन सक्ने यो चक्की पाँच दिनसम्म दिनको दुईवटा दरले खाने गरी 'प्यास्कलोभिड' ले स्वीकृति पाएको हो।

गत हप्ता फाइजरले यो एन्टीभाइरल चक्कीको प्रयोगले संक्रमितलाई अस्पतालबाट जोगाउन वा मृत्युबाट बचाउन ८९ प्रतिशत प्रभावकारी भएको देखिएको थियो। लक्षण देखिएको पाँचदिन भित्र यो पिलको प्रयोग गर्दा पनि बिरामीमा उत्तिकै प्रभावकारी हुने देखिएको फाइजरको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell