PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

हेलिकप्टरबाट एमाले अध्यक्ष ओली पर्सामा, सम्बोधन सुन्न गाउँगाउँबाट मानिसहरु पुग्दै जगरनाथपुर

हेलिकप्टरबाट एमाले अध्यक्ष ओली पर्सामा, सम्बोधन सुन्न गाउँगाउँबाट मानिसहरु पुग्दै जगरनाथपुर

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंज : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्सा पुगेका छन्। पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्‍घाटनका लागि पुगेका ओलीले यहाँ सर्वसाधारणलाई सम्बोधन पनि गर्दैछन्। 

जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा बनेको भवन उद्‍घाटनका लागि उनी पुगेका हुन्। हेलिकप्टरबाट पर्सा ल्यान्ड भएका उनले आमसभालाई सम्बोधन गर्नेछन्। आजै विभिन्न पार्टीबाट नेकपा एमालेमा प्रवेश गराउने कार्यक्रम पनि तय छ। सभास्थलबाट ३ किलोमिटर दुरीमा रहेको भवन उद्‍घाटनपछि ओलीले सभालाई सम्बोधन गर्नेछन्।

अध्यक्ष ओलीलाई मधेश विरोधी नेताका रुपमा प्रतिपक्षीहरुले चित्रित गर्दै आएका छन्। त्यसलाई चिर्नुका साथै अन्य दलका नेतालाई आफ्नो दलमा भित्र्याएर फरक संदेश प्रवाह गर्न तराई झरेका हुन्। ओलीको सम्बोधन हुने भएपछि नेकपा एमालेले गाउँगाउँबाट मानिसहरुलाई सभास्थलमा ल्याएको छ। ट्याक्टरमा गानाबजानाका साथ मानिसहरु सभास्थलतिर आइरहेका छन्। 

एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित सभाको नाम 'सन्देश सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रम' राखिएको छ। 

आमसभाको लागि जगरनाथपुर-४ को खेलमैदानमा मञ्च तथा स्वागतद्वार सजाइएको छ। 

कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँ र उनका भाइ मोहम्मद सलिम मन्सुरलगायत एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा पर्सा, बारा, रौतहट र प्रदेश २ को विभिन्न स्थान तथा देशभरिबाट हजारौं मानिस सहभागी हुने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell