PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

महिला भलिबल टोलीको पुनरागमन जित



पहिलोपोस्ट

महिला भलिबल टोलीको पुनरागमन जित
फाइल फोटो

काठमाडौं: एभीसी सेन्ट्रल जोन महिला भलिबल अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा जित निकालेको छ। बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि जितमा पुनरागमन गरेको हो।

सुरुवाती दुई सेटमा १९-२५ र २१-२५ ले पराजय ब्यहोरेको साविक विजेता नेपालले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै ३-२ को सेटमा विजयी बनेको हो। नेपालले त्यसपछिका सेटमा २५-१५, २५-१९ र १५-१३ को जित निकालेको थियो।

पुरुष टोलीले आज बंगलादेशको सामना गर्दैछ। त्यसपछिका सेटमा

नेपाली टोलीले साँझ पौने ५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell