PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति क्लस्टरमा चिनकाजी र उमेश अगाडि, टप ८ मा को को ?



पहिलोपोस्ट

कांग्रेस केन्द्रीय सदस्य आदिवासी जनजाति क्लस्टरमा चिनकाजी र उमेश अगाडि, टप ८ मा को को ?

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तगर्त केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा हाल आदिवासी जनजाति पुरुष क्लस्टरको मतगणना हुँदैछ।

४ हजार ६८२ मत खसेकोमा हालसम्म ३ हजार मत गणना भइरहेको छ। प्रारम्भिक मतपरिणाम अनुसार हालसम्म चिनकाजी श्रेष्ठ र उमेश श्रेष्ठले अग्रता कायम गरेका छन्। ३ हजार मत गणना हुँदै चिनकाजी श्रेष्ठले १ हजार ४९६ र राज्यमन्त्री उमेश श्रेष्ठले १ हजार २७८ मत प्राप्त गरेका छन्।

बहादुरसिंह लामा १ हजार ३५७ मत सहित तेस्रोमा छन्। टेक बहादुर गुरुङ १ हजार २८४ मत पाएर चौथोस्थानमा रहँदा टेकबहादुर दिलमान पाख्रिन १२५० मत पाउँदै पाँचौस्थानमा छन्। त्यसपछि छैठौंमा आङगेलु शेर्पाले १ हजार १८९ मत, सातौंमा तारामान गुरुङले १ हजार १७१  र आठौं टेक प्रसाद गुरुङ १ हजार ९९ मत पाएका छन्।  

यो क्लस्टरबाट १५ जनाबिचको प्रतिस्पर्धाबाट ८ जना उम्मेदवार केन्द्रीय सदस्यमा निर्वाचित हुनेछ।

आज साँझसम्म केन्द्रीय सदस्यको मतगणना सकिने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell