PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

जितपछि भलिबल प्रशिक्षक जगदिश भट्टको प्रतिक्रिया : दबाबमा थियौं, म खेलबाट सन्तुष्ट छैन



पहिलोपोस्ट

जितपछि भलिबल प्रशिक्षक जगदिश भट्टको प्रतिक्रिया : दबाबमा थियौं, म खेलबाट सन्तुष्ट छैन
FILE PHOTO

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आजबाट सुरु भएको एभीसी सेन्ट्रल जोन महिला भलिबलमा जित निकाल्दै सुखद सुरुवात गरके छ। बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा नेपालले श्रीलंकामाथि जित निकालेको हो।

जित हासिल गरे पनि प्रशिक्षक जगदिश भट्टले भने टिमको प्रदर्शनबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिएका छन्।

'श्रीलंकासँग पहिलो म्याच जित्नुपर्ने बाध्यता थियो। किनभने पहिलो म्याच जित्यो भने खेलाडीको मोरल पनि माथि आउँछ,' प्रशिक्षक भट्टले भने, 'यो भन्दा पहिले पनि हामीले श्रीलंकालाई साउथ एसियन गेममा हराएका थियौं।'

पहिला दुई खेलमा खेलाडीले अत्यन्त दबाबमा खेलको बताए।

'खेलको २० प्रतिशत पनि प्रदर्शन गर्न नसकेकोले हामीले सुरुको दुई सेट गुमाउनु पर्‍यो,' प्रशिक्षक भट्टले भने, 'खेलबाट म सन्तुष्ट छैन किनभने कुनै पनि प्वाइन्ट अफ भिउबाट न सर्भिस, ब्लक,स्पाइक कुनै पनि सन्तोषजनक भएको छैन।'

उनले अगाडि भने: शान्ती, सुनिताको प्रदर्शनले सबै खेलाडीलाई उत्साह जगायो र पुन खेलमा फर्कन सफल भयौं र पाँचौ सेटमा गएर प्रतियोगितामा पहिलो खेल जित्न सफल भयौं।

आज सम्पन्न खेलको सुरुवाती दुई सेटमा १९-२५ र २१-२५ ले पराजय ब्यहोरेको साविक विजेता नेपालले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै ३-२ को सेटमा विजयी बनेको हो। नेपालले त्यसपछिका सेटमा २५-१५, २५-१९ र १५-१३ को जित निकालेको थियो।

पुरुष टोलीले आज बंगलादेशको सामना गर्दैछ। त्यसपछिका सेटमा नेपाली टोलीले साँझ पौने ५ बजे बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell