PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक, फागुन २७ गते रिलिज हुने



पहिलोपोस्ट

फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक, फागुन २७ गते रिलिज हुने

उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक गरिएको छ। आगामी फागुन २७ गते रिलिज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा अफिसियल पोस्टर सार्वजनिक गरेको हो।

फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको पोस्टरमा पनि यी नै कलाकारले प्रथामिकता पाएका छन् ।

युवाहरुको बिना मिहनेत पैसा कमाउने सपना र तिब्वती शरणार्थीको विषयमा यो फिल्म केन्द्रित छ। केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दीलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक सुब्बाले नै तयार पारेका हुन्। फिल्मको सम्वाद भने कलाकार विल्सन बिक्रम राईले लेखेका हुन्।

एसएस इन्टरनेशनल फिल्मस् र ताक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बिक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell