(1)17.jpg)
काठमाडौं : पछिल्लो २४ घण्टामा ११ हजार ६२६ जनाको कोभिड १९ परीक्षण गर्दा २९३ जनामा संक्रमण देखिएको छ। २६३ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ५ हजार १६१ पुगेको छ।
यस्तै, थप दुई जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म ११ हजार ५८१ जनाको कोभिड १९का कारण मृत्यु भइसकेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ लाख ८२ हजार ६४१ जनाले पछिल्लो २४ घण्टामा कोभिड १९ विरुद्धको खोप लगाएका छन्।