PahiloPost

May 9, 2026 | २६ बैशाख २०८३

आदिवासी जनजाति महिलामा देउवा टिमको ‘क्लिन स्वीप ’, खुल्लामा पनि ७ जना निर्वाचित



पहिलोपोस्ट

आदिवासी जनजाति महिलामा देउवा टिमको ‘क्लिन स्वीप ’, खुल्लामा पनि ७ जना निर्वाचित

काठमाडौँ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फको केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवाको टिमले क्लिन स्वीप गरेको छ।

७ पदका लागि भएको निर्वाचनमा ७ पद नै देउवा समूहले जितेको हो।

समूहबाट सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती वजिमय, गंगा लक्ष्मी अवाले, माया राई, सीताकुमारी राना र सुशीला थिङ निर्वाचित भएका छन्।

आदिवासी जनजाति खुल्लामा पनि देउवा टिमको वर्चश्व देखिएको छ। डा शेखर कोइराला टिमबाट टेकप्रसाद गुरुङमात्र निर्वाचित भएका छन्। देउवा टिमबाट चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, टेकबहादुर गुरुङ, तारामान गुरुङ, दिलमान पाख्रिन, आङगेलु शेर्पा निर्वाचित भएका छन्।

औपचारिक घोषणा बाँकी रहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell