PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

नेपाली भलिबल टोली बंगलादेशसँग पराजित



पहिलोपोस्ट

नेपाली भलिबल टोली बंगलादेशसँग पराजित

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोली बंगलादेशसँग पराजित भएको छ। आजबाट बंगलादेशमा सुरु भएको एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपाल बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको हो।

पहिलो सेटमा १७-२५ को पराजय ब्यहोरेको नेपालले दोस्रो सेटमा पटकपटक अग्रता बनाएर पनि १७-२५ अंकले नै पराजित भएको थियो। त्यस्तै तेस्रो सेटमा २५-१९ ले पराजय ब्यहोर्‍यो।

नेपालले अर्को खेलमा भोली साँझ पौने ६ बजे उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै आजै सम्पन्न महिला तर्फको खेलमा नेपाली टोलीले श्रीलंकामाथि ३-२ को सेटमा पुनरागमन जित निकालेको थियो।

नेपाली टोली

इमबहादुर मगर, हरिबहादुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, टेकराज अवस्थी, राजेन्द्र बिस्ट, विशालबहादुर बिक, शरणसमरी क्षेत्री, बिनोदबहादुर चन्द



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell