PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

निर्वाचितलाई बधाई दिँदै रामचन्द्र पौडलको वक्तव्य, ‘व्यक्तित्वको पहिचान पराजयका बखत हुन्छ’



पहिलोपोस्ट

निर्वाचितलाई बधाई दिँदै रामचन्द्र पौडलको वक्तव्य, ‘व्यक्तित्वको पहिचान पराजयका बखत हुन्छ’

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीले सबैलाई समेटेर लैजानुपर्ने बताएका छन्। निर्वाचितलाई बधाई दिन वक्तव्य जारी गर्दै पौडेलले पार्टीलाई एकतावद्ध र सुदृढ बनाएर लैजाने जिम्मेवारी निर्वाचित पदाधिकारीसँग रहेको बताएका छन्। 

उनले महाधिवेशनमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र लोकतन्त्रको प्रयोगमात्र नभइ पार्टीलाई नयाँ दिशा पनि दिएको विश्वास व्यक्त गरेका छन्। आफूले पार्टीलाई एकताको सन्देश दिन चाहेको पनि उनले बताएका छन्। 

वक्तव्यमा उनले भनेका छन्, ‘मेरा साथीहरुले रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग भएको रहने निर्णयमा पुगेँ र त्यस निर्णयप्रति इमानदार रहन मतदानबाटै अलग रहेँ। यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्वविराम मात्र हो। मेरो राजनीतिक यात्रा जारी छ र अविछिन्न अगाडि बढिरहने मेरो संकल्प रहिरहने छ।’

उनले व्यक्तिको पहिचान सुखमा नभइ दुःखमा हुने पनि वक्तव्यमा उल्लेख गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell