PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एभीसी सेन्ट्रल जोन: महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले उज्बेकिस्तानसँग खेल्ने



पहिलोपोस्ट

एभीसी सेन्ट्रल जोन: महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले उज्बेकिस्तानसँग खेल्ने
फाइल फोटो

काठमाडौं: एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कप अन्तर्गत आज नेपाली महिला भलिबल टोलीले माल्दिभ्सको सामना गर्दैछ। बंगलादेशमा बिहीवारबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेलमा आज दिउँसो ११:१५ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
यसअघि आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-२ को सेटमा पुनरागमन जित निकालेको थियो।

सुरुवाती दुई सेटमा १९-२५ र २१-२५ ले पराजय ब्यहोरेको साविक विजेता नेपालले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै ३-२ को सेटमा विजयी बनेको हो। नेपालले त्यसपछिका सेटमा २५-१५, २५-१९ र १५-१३ को जित निकालेको थियो।

त्यस्तै पुरुष टोलीले आज उज्बेकिस्तानको सामना गर्नेछ। पहिलो खेलमा बंगलादेशसँग ३-०को सोझो सेटमा पराजय ब्यहोरेको नेपालले पहिलो जितको खोजीमा उज्बेकिस्तानसँग पौने ६ बजे प्रतिस्पर्धा गर्नेछ।

पहिलो सेटमा १७-२५ को पराजय ब्यहोरेको नेपालले दोस्रो सेटमा पटकपटक अग्रता बनाएर पनि १७-२५ अंकले नै पराजित भएको थियो। त्यस्तै तेस्रो सेटमा २५-१९ ले पराजय ब्यहोर्‍यो।

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।

नेपाली पुरुष टोली

इमबहादुर मगर, हरिबहादुर थापा, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, भैरवबहादुर बम, मानबहादुर श्रेष्ठ, धनबहादुर भट्ट, टेकराज अवस्थी, राजेन्द्र बिस्ट, विशालबहादुर बिक, शरणसमरी क्षेत्री, बिनोदबहादुर चन्द



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell