
काठमाडौं: नेपाली यू १९ टोलीले एसियन कप अन्तर्गत बंगलादेशको सामना गर्दैछ। खेल आज यूएईस्थित सारजाह क्रिकेट स्टेडियममा सवा ११ बजे सुरु हुनेछ।
नेपाली टोली बंगलादेशलाई स्तब्ध पार्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने होडमा छ। यद्यपि बंगलादेशसँगको इतिहास नेपालको राम्रो छैन। यू १९ क्रिकेटमा पछिल्ला ४ भेटमा नेपालले सबै खेलमा पराजय ब्यहोरेको छ।
नेपालले दोस्रो खेलमा श्रीलंकासँग आइतवार र कुवेतसँग मंगलवार खेल्नेछ।
नेपाली यूः१९ टोली :
देव खनाल (कप्तान), शेर मल्ल (उपकप्तान), दिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक रानामगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलकराज भण्डारी, अर्जुन कुमाल, वशिर अहमद, दुर्गेश गुप्ता, प्रकाश जैसी, अर्जुन साउद र राहुल भण्डारी