PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मेलम्चीमा ट्रक दुर्घटना, एकजनाको मृत्यु



पहिलोपोस्ट

मेलम्चीमा ट्रक दुर्घटना, एकजनाको मृत्यु
तस्विर : बसन्त गुरुङ

काठमाडौं : मेलम्ची नगरपालिका-१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

शुक्रवार बिहान ८:३० बजे बा २ ख ३६८९ नम्बरको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिए।

ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन्। जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृत्यु भएको निरीक्षक राईले बताए। कार्की गाडीधनी हुन्।

अहिले प्रहरीले घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell