PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

भारतमा एकैदिन ३५८ जनामा देखियो ओमोक्रन भेरियन्ट



पहिलोपोस्ट

भारतमा एकैदिन ३५८ जनामा देखियो ओमोक्रन भेरियन्ट
Photo : David Talukdar/NurPhoto via Getty Images

भारतमा कोभिड १९ को नयाँ भेरियन्ट 'ओमोक्रन' को संक्रमण ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टामा ६ हजार ६५० जना नयाँ संक्रमित पहिचान हा ३५८ जनामा ओमोक्रन देखिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यससँगै भारतमा करिब ६०० जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ।

यस्तै, संक्रमणका कारण भारतमा थप ३७४ जनाको मृत्यु भएको छ। हाल भारतमा ४७ हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन्। ओमोक्रन संक्रमण फैलिनबाट रोक्न फेरि भिडभाड नगर्न भन्दै राज्य सरकारहरुले विभिन्न प्रतिबन्ध लगाएका छन्। महाराष्ट्र, दिल्ली लगायतका राज्यमा नयाँ भेरियन्टको प्रभाव धेरै नै देखिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell