PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

बंगलादेशको सुगंधा नदीमा डुंगामा लाग्यो आगो, १६ जनाको मृत्यु



पहिलोपोस्ट

बंगलादेशको सुगंधा नदीमा डुंगामा लाग्यो आगो, १६ जनाको मृत्यु
प्रतिकात्मक तस्विर : बीबीसी

बंगलादेशमा डुंगामा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ। झालकोटी जिल्लाको सुगंधा नदीमा यात्रीहरु सवार डुंगामा आगो लागेको हो। डुंगामा क्षमताभन्दा बढी यात्रुहरु सवार रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

स्थानीय अधिकारीहरुका अनुसार उक्त 'एमबी अभियान' नाम गरेको डुंगा राति ढाकाबाट निस्किएको थियो। बिहान सुगंधा नदीमा पुगेपछि डुंगाको इन्जिनमा आगो लागेको बताइएको छ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। बेपत्ताहरुको खोजीकार्य जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell