PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा



पहिलोपोस्ट

नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा

काठमाडौं: नेपाली फिल्म 'चुरीफुरी' आजबाट प्रदर्शनमा आएको छ।

ऋषिराज आचार्यको निर्देशन रहेको यो फिल्म आजबाट देशैभरका सिनेमा हलमा प्रदर्शनमा आएको हो।

कोरोना र त्यसपछिको लकडाउनको कारण धेरै समयपछि नेपाली फिल्म प्रदर्शनमा आएको हो। फिल्म 'चुरीफुरी' ले दुई विदेशी फिल्महरूसँग भिड्नेछ। आजैबाट हलिउड फिल्म ‘द मेट्रिक्स रिजरेक्सन्स’ र बलिउड फिल्म 'अतरंगी रे' पनि रिलिज भएका छन्।

कमेडी जनराको फिल्म 'चुरीफुरी' ले जग्गा दलाली र वैदेशिक रोजगारको क्रममा हुने ठगीलाई यस समेटेको छ। फिल्ममा रवीन्द्र झा, सुबोध गौतम राजीव जङ्ग बस्नेत, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ।

निर्देशक आचार्य र मिना ढकाल निर्माता रहेको यस फिल्ममा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह-निर्माताको रूपमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell