PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नेपाली महिला भलिबल टोलीको लगातार दोस्रो जित



पहिलोपोस्ट

नेपाली महिला भलिबल टोलीको लगातार दोस्रो जित
फाइल फोटो

काठमाडौं: एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिप अन्तर्गत आज सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि जित निकालेको छ। बंगलादेशको ढाकास्थित शाहिद सुर्हावर्दी इन्डोअर स्टेडियममा सम्पन्न खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।

खेलको सुरुवातबाटै हावि भएको नेपालले पहलो सेट २५-११ ले जितेको थियो भने दोस्रो सेट २५-९ र तेस्रो सेट २५-५ ले जितेको थियो।

नेपालले यसअघि पहिलो दिनको खेलमा श्रीलंकाले ३-२ को सेटमा हराएको थियो।

पुरुषतर्फ पहिलो खेलमा बंगलादेशसँग पराजय ब्यहोरेको नेपालले दोस्रो खेलमा आज उज्बेकिस्तानसँग साँझ पौने ६ बजे खेल्दैछ।

नेपाली महिला टोली

अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु,उसा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना बिस्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell