PahiloPost

Jul 3, 2024 | २० असार २०८१

विप्लव र मोहन विक्रम सिंहको पार्टीमा विद्रोह ! विद्रोहीले माओवादी केन्द्रसँग एकता गर्ने



पहिलोपोस्ट

विप्लव र मोहन विक्रम सिंहको पार्टीमा विद्रोह ! विद्रोहीले माओवादी केन्द्रसँग एकता गर्ने

काठमाडौं : नेकपा मसाल र नेपाल कम्युनिस्ट पार्टीबाट बिद्रोह गरेका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन्। नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा र मोहोनविक्रम सिंहले नेतृत्व गरेको नेकपा मसालबाट बिद्रोह गरेका केही नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेको माओवादी केन्द्रका प्रवक्त कृष्णबहादुर महराले जानकारी दिए।

आजै दुवै समूहका नेताहरु माओवादी प्रवेश गर्न लागेका हुन्। मसालमा बिद्रोह गरेर नेकपा मसाल सम्पर्क केन्द्र गठन गरेका नेताहरु र माओवादी केन्द्र बिच एकता हुन लागेका हो।

त्यस्तै, नेकपाका नेता प्रभावत चलाउने सहितको टिम पनि माओवादी केन्द्रमा प्रवेश गर्न लागेको छ। माओवादी केन्द्रमा उनीहरुको व्यवस्थापनबारे शुक्रवार पेरिस डाँडामा बसेको स्थायी कमिटीमा छलफल भएको थियो।

उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न लागेको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनबारे छलफल भएको भए पनि कुनै निर्णय भइनसकेको माओवादी केन्द्रले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell