PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटियो एसएसपी यादवको शव



पहिलोपोस्ट

आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटियो एसएसपी यादवको शव

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्।

आज बिहान उनी सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले जानकारी दिए।

'खाजा खाने समयमा हेर्दा ढोका नखोलेको पाइयो। फेरि एक जना इन्स्पेक्टर भेट्न आउनु भएको रहेछ। हेर्न जाँदा ढोका बन्द नै थियो। तर एउटा झ्यालको खापाबाट हेर्दा झुन्डिएको देखियो,' एसएसपी कुँवरले भने।

उनी संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत थिए। उनी कार्यालयको क्वाटरमा मृत फेला परेका हुन्। उनका आफन्तलाई बोलाएर ढोका खोलेर अनुसन्धान गर्ने तयारी भइरहेको प्रहरीले जानकारी दिए। आत्महत्याको कारण भने खुलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell