PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

क्रिसमसमा विद्यालयमा यसरी रमाए सान्टा क्लजहरु

क्रिसमसमा विद्यालयमा यसरी रमाए सान्टा क्लजहरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : शनिवार क्रिसमस। जिजस क्राइस्ट (यशु क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्।

क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाउने गरिन्छ। नेपालमा पनि 'क्रिसमस इभ' मा विभिन्न कार्यक्रम हुनेगर्छ। आज राति पब, लञ्ज, क्ल्बहरुमा युवायुवतीहरुले भिड लाग्नेगर्छ।

यस बिच काठमाडौंका विभिन्न विद्यालयमा पनि क्रिसमस इभ मनाइएको छ। 'सान्टा क्लज'को भेषमा विद्यालय पुगेका विद्यार्थीहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएको थियो।

काठमाडौंमा पनि इभको दिन विदेशी पर्यटकहरुको भिड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिन्थ्यो। तर संक्रमणका कारण यसपटक क्रिसमस इभको माहोल सीमित भएको छ। उनीहरुले एकआपसमा 'मेरी क्रिसमस' भन्दै शुभकामना आदान प्रदान गरेका थिए। साथै, क्रिसमस गीत समेत गाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell