PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

एनआरटीको अर्को बराबरी, एपीएफलाई अर्को अंक



पहिलोपोस्ट

एनआरटीको अर्को बराबरी, एपीएफलाई अर्को अंक
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र एनआरटी३-३ को बराबरीमा बराबरीमा रोकिएका हुन्।

प्रतिस्पर्धात्मक खेलको १७ औ मिनेटमा एपीएफका विके तामाङको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। खेलको ३२ ‍औं मिनेटमा एनआरटीका दर्शन गुरुङले मेसुके ओलोमोउको पासमा हेडिङमार्फत गोल गर्दै एनआरटीलाई अग्रता दिलाए। तर एपीफएफका ३७ औं मिनेटमा प्रदीप लामाको क्रसमा आशिष लामाले हेडिङमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

खेलको ४८ औं मिनेटमा रञ्जन विष्टको पासमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई फेरि अग्रता दिलाए। त्यस्तै ६१ औं मिनेटमा मेसुकी ओलोमोउले एनआरटीका लागि गोल थपे। वान भर्सेस वानको अवस्थामा एपीएफका गोलकिपर युरा कुरीयमाले मेसुकेको कडा प्रहार जोगाउन सकेनन्।

एपीएफका आशिष लामालाई एनआरटीका विक्रम धिमालले लडाएपछि पाएको फ्रिकिकमा नविन लामाको प्रहारमा हेडिङमार्फत गोल गर्दै दीपेश धिमालले गोल गर्दा एपीएफ ३-२ को अवस्थामा आईपुग्यो। त्यस्तै आशिष लामाको पासमा नवीन लामाले खेलको ६९ औं मिनेटमा गोल फर्काउँदा खेल ३-३ को बराबरीमा रोकियो।

योसँगै एपीएफले ५ अंक बनाएको छ भने एनआरटीले ७ अंक बनाएको छ।

जारी सिजन ६ खेलमा एनआरटीको चौथो बराबरी हो।

आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell