PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

झुन्डिएको अवस्थामा भेटिएको एसएसपी यादवको शव उनकी श्रीमती आएपछिमात्रै निकालिने



रमेश पराजुली

झुन्डिएको अवस्थामा भेटिएको एसएसपी यादवको शव उनकी श्रीमती आएपछिमात्रै निकालिने

बुटवल : संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको शव उनकी श्रीमती आएपछि मात्रै निकालिने भएको छ।

यादवको शव शुक्रवार बिहान भैरहवास्थित आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो। नवलपरासीको रामग्राम नगरपालिका–२ निवासी यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लागेका थिए। उनको मृत्युको कारण खुल्न सकेको छैन।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अन्य प्रहरी कर्मचारीहरु खाजा खान गएको बेला यादव झुण्डिएको अवस्थामा फेला परेका थिए। 

घटनास्थलमा यादवका बुवाआमा आइपुगेका छन्। यादवको शव भएको ठाउँमा संघीय प्रहरी इकाई कार्यालयका सुरक्षा अधिकारीबाहेक अरुलाई प्रवेश गर्न दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell