PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एजम्सन चर्चमा यस्तो देखियो क्रिसमस इभको रौनक

एजम्सन चर्चमा यस्तो देखियो क्रिसमस इभको रौनक

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : डिसेम्बर २५ संसारभरका इसाई धर्मावलम्बीहरुको लागि महत्वपूर्ण दिन हो। यस दिनलाई क्रिसमस भन्ने गरिन्छ। क्रिसमसको अघिल्लो रातलाई क्रिसमस इभको रुपमा मनाइन्छ।

क्रिसमसको दिनमा इसाई धर्मावलम्बीहरुका परमेश्वर जिजस क्राइस्ट (यशू ख्रिष्ट)को जन्म भएको मान्यता छ। क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो।

यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। संसारभर क्रिसमस इभ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ। काठमाडौंका चर्चदेखि विभिन्न स्थानहरुमा क्रिसमस इभको हर्षोल्लास देखिएको छ।

आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ। विशेषगरी यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ। क्रिसमस इभमा एजम्सन चर्चमा देखिएको माहोल यस्तो थियो :



ट्रेन्डिङ पोस्ट

Ncell