PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सेन्ट्रल जोन भलिबल: उज्बेकिस्तानमाथि नेपालको पुनरागमन जित



पहिलोपोस्ट

सेन्ट्रल जोन भलिबल: उज्बेकिस्तानमाथि नेपालको पुनरागमन जित
तस्बिर: नेपाल भलिबल संघ

काठमाडौं: नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले उज्बेकिस्तानमाथि जित निकालेको छ। बंगलादेशमा जारी एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले उज्बेकिस्तानलाई ३-१ सेटमा हराएको हो।

पहिलो सेट २५-१८ ले गुमाएको नेपालले त्यसपछिका तीनवटा सेटमा लगातार जित निकालेको थियो। नेपालले दोस्रो सेटमा २५-२१, तेस्रो सेटमा २५-२१ र चौथो सेटमा २५-२३ ले खेल आफ्नो पक्षमा पार्‍यो। योसँगै नेपाली टोलीले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।

यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। तेस्रो खेलमा नेपालले भोली श्रीलंकाको सामना गर्नेछ।

आजै सम्पन्न महिला तर्फको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै दोस्रो जित दर्ता गर्‍यो। नेपाली महिला टोलीले पहिलो खेलमा श्रीलंकालाई पनि ३-० को सोझो सेटमा हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell