PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एसीसी यू १९: पहिलो खेलमै नेपालको फराकिलो हार



पहिलोपोस्ट

एसीसी यू १९: पहिलो खेलमै नेपालको फराकिलो हार
तस्बिरहरु: क्यान

काठमाडौं: एसीसी यू १९ एसियन कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। यूएईको शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल १५४ रनले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै २९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४२.३ ओभरमा १४३ रनमा समेटियो।

सुरुवाती ब्याटिङ गरेको बंगलादेशका लागि प्रन्तिक नवरोज नबिलले अविजित रहँदै सर्वाधिक १२७ रनको शतकीय पारी खेले। त्यस्तै मोहम्मद फहिमले ५८ रन बनाउँदा अइच मोल्लाले २२ रन बनाए। त्यस्तै इफ्तखेर हुसैन र मेहेरोब हसनले समान २१ रन बनाउँदा महफिजुल इस्लामले १७ रन बनाए।

बलिङतर्फ नेपालका गुलसन झा, तिलक भण्डारी र मोहम्मद आदिल आलमले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालको ओपनर अर्जुन कुमाललाई ५ रन र कप्तान देब खनाललाई १२ रनमा गुमाएको थियो। नेपालका लागि गुलसन झाले सर्वाधिक ३५ रन बनाउँदा विवेक मगरले ३३ रन बनाए। त्यस्तै विवेक यादवले २६ र अर्जुन साउदले १५ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ बंगलादेशका तन्जिम हस सकिव, रकिबुल हसन, मेहेरब हसन र नाइमुर रोहमनले समान २/२ विकेट लिए।

नेपालले अब अर्को खेलमा आइतवार श्रीलंकासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell