
जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को महामन्त्री पदका उम्मेद्वार नरेश यादवले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्। निर्वाचन समितिले आफूलाई पहिले विजयी भएको बताएको तर पछि षड्यन्त्र गरेर शेरबहादुर देउवा समूहमा वृहष्पति कृष्ण श्रेष्ठलाई विजयी गराइएको यादवको दाबी छ।
निर्वाचन अधिकृत अब्दुल आजिजले आफूलाई महामन्त्रीमा विजयी घोषणा गरेको र त्यहीअनुसार प्रमाणमत्र पाउनुपर्ने उनको माग छ। उनले आफूले अहिलेको परिणाम कुनै हालतमा स्वीकार नगर्ने पनि बताएका छन्। आवश्यक परे फेरि निर्वाचन गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
महामन्त्रीमा उपेन्द्र कुमार यादव र वृहष्पति कृष्ण श्रेष्ठ विजयी भएका छन्। दुई जना सभापति शेरबहादुर देउवा पक्षका उम्मेद्वार हुन्।