PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सर्वसाधारणका लागि खुल्ला गरिँदै रानीपोखरी, यसरी हुँदैछ अन्तिम चरणको काम

सर्वसाधारणका लागि खुल्ला गरिँदै रानीपोखरी, यसरी हुँदैछ अन्तिम चरणको काम

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। हरेक वर्ष भाइटीकाका दिन मात्र खुल्ने रानीपोखरी अब सर्वसाधरणका लागि खुला गर्ने उद्देश्यले हाल टिकट काउन्टर तथा शौचालय निर्माण भइरहेका छन्।

काठमाडौं महानगरपालिकाले सबै काम सम्पन्न भएपछि छिट्टै रानीपोखरी सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ।

बिहीवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्‍यो।

रानीपोखरी र बालगोपालेश्वर मन्दिरको काम सम्पन्न भइ उद्घाटन भइसक्दा नै काठमाडौं महानगरपालिकालाई रानीपोखरी हस्तान्तरण हुने बताइएको थियो। तर, रानीपोखरी आसपासका क्षेत्रमा अझै निर्माण कार्य बाँकी रहेकोले हस्तान्तरण केही ढिला भएको हो।

हाल रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वारका साथै फल्चा निर्माण कार्य भइरहेको छ। यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell