PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

सडक कालोपत्रे गर्ने सहमति भएन कार्यान्वयन, हरिसिद्धिका स्थानीयको आन्दोलन जारी

सडक कालोपत्रे गर्ने सहमति भएन कार्यान्वयन, हरिसिद्धिका स्थानीयको आन्दोलन जारी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : ललितपुरको हरिसिद्धी-गोदावरी सडक खण्ड विगत केही दिनदेखि बन्द रहेको छ।

स्थानीयले पटकपटक सडक मर्मत र कालोपत्रे हुनुपर्ने माग सहित आन्दोलन गर्दै आएका थिए। तर, माग सम्बोधन नभएपछि फेरि स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

मंसिरमा ठेकेदारले सडक कालोपत्रे गर्ने भन्दै जनप्रतिनिधिको उपस्थितिमा सहमति गरेपनि सडक पिच नभएपछि आफूहरु फेरि आन्दोलनमा उत्रिएको स्थानीय बताउँछन्।

सडकको बिचमा ढुंगा, पाइप, डिभाइडर राखेर सवारी साधन संचालनमा रोक लगाइएको छ। सडक कालोपत्रे नहुँदा धुलोधुवाँले स्वास्थ्यमा असर परेको र दुर्घटना पनि बढेको भन्दै स्थानीयले पटकपटक सरोकारवालाहरुलाई सडक निर्माणका लागि दबाब दिँदै आएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell