PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

झापा पुगेर ओलीले भने : एमालेबाहेक अरु बामपन्थी होइनन्



रासस

झापा पुगेर ओलीले भने : एमालेबाहेक अरु बामपन्थी होइनन्
फाइल फोटो।

झापा : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाहेक देशमा कुनै वामपन्थी दल नभएको दावी गरेका छन्।

एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा उनले वामपन्थी सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने वामपन्थी हुन नसक्ने दाबी गरेका हुन्।

अध्यक्ष ओलीले देश बनाउने नीति एमालेबाहेक अरु कसैसँग नभएको उल्लेख गर्दै एमालेले आफूलाई नै चिन्न आवश्यक भएको बताए। उनले अनेकौँ समस्याको सामना गरेर एमालेले देश विकासको अभियानलाई उचाइमा पुर्‍याएको दाबी पनि गरे।

चितवनमा सम्पन्न पार्टीको दशौँ महाधिवेशनबाट अध्यक्ष ओलीसहित जिल्लाबाट केन्द्रीय समितिमा निर्वाचित सदस्य, जिल्लाका विभिन्न कमिटीमा निर्वाचित १४६ सदस्यलाई सो अवसरमा एमाले झापाको तर्फबाट सम्मान गरिएको थियो। पार्टी अध्यक्ष ओलीलाई एमाले झापाका तर्फबाट अभिनन्दनसमेत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell