PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

म्याग्दीमा किशोर-किशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु



रासस

म्याग्दीमा किशोर-किशोरीलाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु

म्याग्दी : म्याग्दीका १२ देखि १८ वर्षमुनिका किशोर-किशोरीलाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरिएको छ।

पुस १४ गतेसम्म छ वटा स्थानीय तहका १२ हजार ६८६ किशोर-किशोरीलाई मोडर्ना खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले अधिकांश विद्यार्थी भएकाले उनीहरुलाई विद्यालय र स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी खोप लगाउन थालिएको जानकारी दिए।

अभियान शुरु गर्नुअघि कार्यालय, स्थानीय तहका स्वास्थ्य शाखा र चौकीहरूले मोडर्ना खोप लगाउने लक्षित समुदायको तथ्याङ्क सङ्कलन गरेका थिए। बेनी नगरपालिकाका पाँच हजार ५३२, मालिकाका दुई हजार २८, धवलागिरिका एक हजार ४६५, मङ्गलाका एक हजार ४४५, रघुगङ्गाका एक हजार ११४ र अन्नपूर्णका एक हजार १०२ जनालाई मोडर्ना खोप लगाउने लक्ष्य छ।

खोप लगाउनका लागि ८६ खोप केन्द्र कायम गरिएको छ। एक हजार ३०४ भाइल भ्याक्सिन आएको छ। धवलागिरि, मालिका, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा पुस ९ देखि १४ र बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पुस ११ देखि १४ गतेसम्म खोप लगाउने समयतालिका बनाइएको छ।

म्याग्दीका ३९ हजार ३९९ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्। थप १० हजार १७८ जनाले पहिलो डोज खोप लगाएका छन्।

पूर्ण डोज खोपमा कोभिशिल्ड, भेरोसेल र एक डोज मात्र लगाउने जोन्सन एण्ड जोन्सनसमेतका खोप समावेश छन्। लक्षित ७२ हजार ९७३ जनसङ्ख्यामध्ये २३ हजार ३९६ अर्थात् ३२ प्रतिशतले अझै कोरोनाविरुद्धको खोप पाएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell