PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसरमा महाधिवेशन गर्दैछ : प्रचण्ड



पहिलोपोस्ट

समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसरमा महाधिवेशन गर्दैछ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभरका श्रमजीवी वर्ग नयाँ क्रान्तिकारी विचार र कार्यदिशाको विकासमा केन्द्रित हुनपर्ने बताएका छन्।

माओत्सेतुङको १२९औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उनले भने, ‘क्रान्तिको कार्यदिशा विकासका निम्ति माओले जुन योगदान गर्नुभएको छ, त्यो विश्वभरिकै सर्वहारा आन्दोलनका निम्ति सार्वभौम रहेको छ।’

दाहाल समग्रमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा माओले गरेको योगदान मार्क्सवाद-लेनिनवादको तेस्रो र विकसित रूप अर्थात् माओवादका रूपमा संश्लेषित भएको समेत बताए।

जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्न माओवादीले माओजयन्तीकै अवसर पारेर नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशन गर्न लागेको दाहालको भनाइ छ। उनले महाधिवेशन प्रतिनिधि, पार्टी नेता–कार्यकर्ता र जनसमुदायमा आजको विश्वका विकसित चुनौती र सम्भावनाको आलोकमा रहेर नयाँ कार्यदिशा विकासको बहसमा सम्पूर्णरूपले केन्द्रित हुन नेता कार्यकर्तालाई अपिल समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell