PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

मोदीको घोषणा : १५ देखि १८ वर्षका बालबालिकालाई जनवरीमा खोप, ६० वर्ष माथिकालाई बुस्टर डोज



पहिलोपोस्ट

मोदीको घोषणा : १५ देखि १८ वर्षका बालबालिकालाई जनवरीमा खोप, ६० वर्ष माथिकालाई बुस्टर डोज
Photo : ANI

भारतमा १५ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप प्रदान गरिने भएको छ। जनवरी ३ देखि बालबालिकाहरुलाई खोप दिन सुरु गरिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

शनिवार राति सम्बोधन राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले स्वास्थ्यकर्मी र ६० वर्ष भन्दा माथि उमेर समूहका नागरिकलाई समेत बुस्टर डोज दिइने बताए। कोभिड १९ विरुद्धको खोपको दुई डोज लगाएका ६० वर्षभन्दा माथिका र स्वास्थ्यकर्मी बुस्टर डोज लगाउन योग्य हुनेछन्। बुस्टर डोज भने जनवरी १० बाट दिन सुरु गरिनेछ।

मोदीले विश्वभर फैलिरहेको कोभिड १९ को ओमोक्रन भेरियन्ट भारतमा पनि फैलिरहेकोले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेका छन्।

उनले हालसम्म ६१ प्रतिशत भन्दा बढी जनसंख्याले खोप लगाएको भन्दै १४१ करोड भ्याक्सिन डोज दिने लक्ष्य पूरा भएको समेत बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell