PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफलाई



पहिलोपोस्ट

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफलाई

कैलाली : विभागीय टिम एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रदेश १ लाई पराजित गर्दै कैलालीको धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको हो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै एपीएफ च्याम्पियन भएको हो। टस जितेर पहिले फिल्डिङ रोजेको एपीएफले प्रदेश १ लाई ६७ रनमा समेटेको थियो।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाइन्। अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्। प्रदेश १ लाई सस्तैमा समेट्न एपीएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिइन्।

जवाफी ब्याटिङ थालेको एपीएफले ६७ रनको लक्ष्य १४ दशमलव २ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्‍यो। एपीएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन्। ममता चौधरीले १७ रनको योगदान गरिन्। प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell