PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

संकटाको सानदार जितमा उत्तम राईको दोहोरो गोल



पहिलोपोस्ट

संकटाको सानदार जितमा उत्तम राईको दोहोरो गोल
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा संकटा क्लबले ब्रिगेड व्वाइज क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटाले ब्रिगेड ब्वाइजमाथि ३-० गोलअन्तरको सहज जित निकालेको छ।

खेलको १२ औं मिनेटमा जोर्डन जुनियरको पासमा उत्तम राईले गोल गर्दै संकटालाई अग्रता दिलाए। यद्यपि यो गोललाई लिएर रेफ्रीसँग ब्रिगेडका खेलाडीले अफसाइडको अपिल गरेका थिए। यसक्रममा ब्रिगेडका गोलकिपर पुर्ण चेम्जोङ लिम्बुले पहेँलो कार्ड ब्यहोरे। संकटाका लागि दोस्रो गोल पनि राईले नै गरे। उनले खेलको २८ औं मिनेटमा फोडे फोफनाको पासमा गोल गरे।

त्यस्तै संकटाको तेस्रो गोल ३८ औं मिनेटमा डिफेन्डर र गोलकिपर बिचको कम्युनिकेशन ग्यापको फाइदा उठाउँदै लक्ष्मण रुचालले गरे।

पहिलो हाफमै तीन गोलको अग्रता बनाएको संकटाका लागि ५३ औं मिनेटमा उत्तम राईले राम्रो अवसर बनाए पनि गोलपोस्ट नजिकैबाटै बाहिरिएको। त्यसबाहेक पनि दोस्रो हाफमा संकटाले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेन।

जितसँगै संकटाले ६ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। त्यस्तै समान खेलबाट ५ अंक जोडेको ब्रिगेड ब्वाइज तालिकाको १० औं स्थानमा छ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लब प्रतिस्पर्धा गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell