PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

जब प्रज्ञा प्रतिष्ठान पुगे प्रचण्ड...

जब प्रज्ञा प्रतिष्ठान पुगे प्रचण्ड...

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशन प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। शनिवारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको माओवादीले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो।

महाधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रज्ञा प्रतिष्ठान पुगेका छन्। प्रतिष्ठानमा बिहानैदेखि माओवादी नेता कार्यकर्ताको घुइँचो लागेको छ।

प्रचण्डको तस्विर र भिडियो खिच्न कार्यकर्ता लालयित देखिएका छन्। प्रचण्ड महाधिवेशन स्थल पुग्दा कार्यकर्ताको भिड व्यवस्थापन गर्न प्रहरी र स्वयम सेवकलाई हम्मेहम्मे परेको थियो। महाधिवेशनका लागि प्रतिष्ठान पुगेकाहरुलाई तस्विर लिन प्रचण्डको तस्विर राखेर सेल्फी प्वाइन्ट समेत बनाइएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell