PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

भरियो प्रतिष्ठानको हल, प्रहरीको माइकिङ : तपाईँहरुकै कार्यक्रम हो, चौरमा गएर हेर्नुस्



पहिलोपोस्ट

भरियो प्रतिष्ठानको हल, प्रहरीको माइकिङ : तपाईँहरुकै कार्यक्रम हो, चौरमा गएर हेर्नुस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आठौं महाधिवेशनको व्यवस्थापन फितलो देखिएको छ। शनिवारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको माओवादीले एकाएक सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो। त्यसैले रातारात सम्मेलनका ब्यानर र फ्लेक्सहरुलाई महाधिवेशनमा परिणत गर्न माओवादी नेता कार्यकर्तालाई धौधौ परेको थियो।

महाधिवेशनस्थल साँघुरो हुँदा प्रज्ञा प्रतिष्ठानमा भिड व्यवस्थापन गर्न आयोजकलाई सकस परेको छ। महाधिवेशन भइरहेको हल सानो भएकाले खचाखच भरिएपछि स्वयमसेवकले ढोका बन्द गरेका थिए। तर, कार्यकर्ताहरुले स्वयमसेवकलाई पेलेरै हलमा प्रवेश गरेका थिए।

हलभित्र र बाहिर धेरै संख्यामा कार्यकर्ताको उपस्थिति छ। प्रतिष्ठानको बाहिर ठूलो डिस्प्लेमा महाधिवेशनको उद्घाटन सत्र लाइभ हेर्न मिल्ने व्यवस्था गरिएको छ। तर, कार्यकर्ताहरु हलमै प्रवेश गर्न खोजेपछि प्रहरीले माइकिङ गरेर चौरमा गएर बस्न भनेको छ।

'हल भरिएको छ। चौरमा गएर बसेर मजाले हेर्नुस्। तपाईंको कार्यक्रम हो। हलको क्षमता भन्दा बढी तपाईं आउनु भएको छ। चौरमा बसेर हेर्नुस्' प्रहरीले माइकिङ गर्दै भनिरहेको छ।

एकेडेमी परिसरमा राखिएको पुस्तक स्टल समेत प्रहरीले हटाएको छ। मानिसहरु थपिनेक्रम जारी भएकाले पुस्तकको स्टल हटाएको हो। 

हेर्नुस् : लाइभ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell