PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

१६ लाख भारु सहित समातिए एक भारतीय, सार्वजनिक गर्‍यो प्रहरीले



रासस

१६ लाख भारु सहित समातिए एक भारतीय, सार्वजनिक गर्‍यो प्रहरीले

बारा : जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत बेदर्वा– ५ बस्ने ३० वर्षीय रङ्गदेश कुशवाहालाई सो रकमसहित हिजो नियन्त्रणमा लिएको थियो।

स्रोत नखुलेको नगद अवैध रुपमा नेपालतर्फ ल्याउँदा पक्राउ परेका कुशवाहालाई आज सार्वजनिक गरिएको हो। बीआर २२ एन ५०१४ भारतीय नम्बरको मोटरसाइकलमा आएका कुशवाहाले हेलमेट तथा पाइन्टको गोजीमा बरामद भएको रकम लुकाएको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

उनको साथबाट प्रहरीले एक हजार दरका रु एक हजार ३०० थान र रु ५०० दरका ६०० थान गरी कूल रु १६ लाख फेला परेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell