PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नेताहरुको जमघटमा जब नेताकै नाम र पार्टीबारे अल्मलिइन कुन्ती शाही...



पहिलोपोस्ट

नेताहरुको जमघटमा जब नेताकै नाम र पार्टीबारे अल्मलिइन कुन्ती शाही...

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटनसत्र प्रज्ञा प्रतिष्ठानको हलमा भइरहेको छ।

उद्घाटन सत्रमा आमन्त्रित अतिथि मध्ये पहिलो वक्ताका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले सम्बोधन सुरु गरिन्। तर, सम्बोधनको क्रमम उनले उपस्थित नेता र पार्टीको नाम नै बिगारिन्।

शाहीले सम्बोधनका क्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ईश्वर पोखरेल भनेर सम्बोधन गरिन्। यस्तै, एमालेलाई नेपाल कम्युनिस्ट पार्टी नेकपा भनिन्।

सुरुमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई 'प्रचण्ड' मात्रै भनिन्। पछि मात्रै उनले पुष्पकमल दाहाल ज्यू भनिन्।

शाहीले माधव नेपाललाई नेकपा समाजवादीको अध्यक्ष भनिन्। उनले अरु पार्टीको नाम नै थाहा पाइनन्। त्यसपछि माइक राखिएको स्थानबाट पछाडि फर्केर उनले नेता र पार्टीको नाम सोधेकी थिइन्। तर, नाम प्रष्ट हुन नसकेपछि उनले कसैलाई सम्बोधन गरिनन्। 'नेता गण' भन्दै उनले सम्बोधनलाई अगाडि बढाइन्।

यसअघि स्वागत मन्तव्य राख्ने क्रममा ऊर्जा मन्त्री समेत रहेकी माओवादी नेता पम्फा भुसालले पनि नेताको नाम गलत बताएकी थिइन्।  उनले कुन्ती शाहीलाई राप्रपाकी महासचिव कुन्ती शर्मा भनेकी थिइन्। भुसाल अरु पार्टीको नाममा समेत अल्मलिएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell